सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

शैक्षिक परामर्श संघको अध्यक्षमा विष्णुहरि पाण्डे बिजयी

शैक्षिक परामर्श संघको अध्यक्षमा विष्णुहरि पाण्डे बिजयी

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डेको बिजयी भएका छन् । निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गर्दै इक्यानको नेतृत्व सम्हालेका सफल भएका छन् । कुल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत ल्याए भने बस्नेतले १६५ मत ल्याए । उपाध्यक्षमा सबैभन्दा बढी मत ल्याएर महेशबाबु तिमल्सिना प्रथम उपाध्यक्ष भए । उनले १७९ मत ल्याए । त्यस्तै राजेन्द्र रिजालले १७६ मत र देविदास भट्टराईले १६९ मत ल्याएर क्रमशः दोस्रो र तेस्रो उपाध्यक्ष भए । तिमल्सिना र रिजाल बस्नेत समूहबाट उम्मेदवार थिए भने भट्टराई पाण्डे समूहबाट उम्मेदवार थिए ।
उपाध्यक्षमा पराजित सपना राजभण्डारी, खड्ग ताम्लिङले क्रमशः १५८ र १४३ मत प्राप्त गरे । त्यस्तै, उपाध्यक्षका उम्मेदवार उमेश ढुंगेलले १०१ र कृष्णहरि केसीले ३९ मत ल्याए । त्यस्तै महासचिव पदमा पाण्डे समूहबाट उम्मेदवार बनेका शेषराज भट्टराईले ६६ मतको विशाल अन्तरले सन्तोष प्याकुरेललाई पराजित गरे । भट्टराईले २०३ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी प्याकुरेलले १३७ मत मात्रै ल्याए ।
त्यस्तै सचिव पदमा दीपकराज भुसाल र बिक्रम केसी विजयी भएका छन् । भुसालले १८७ मत प्राप्त गर्दा केसीले १४१ मत ल्याएर विजयी भए । भुसाल पाण्डे समूह र केसी बस्नेत समूहबाट उम्मेदवार थिए । त्यस्तै सचिव पदमा पराजित उम्मेदवारहरु ज्ञानेन्द्रमान जोशीले १३९ र सोमबहादुर कँडेलले १२३ मत प्राप्त गरे ।
कोषाध्यक्षमा गोविन्द अधिकारी विजयी भए । उनले १९३ मत ल्याए । उनी पनि पाण्डे समूहका उम्मेदवार थिए । सोही पदमा पराजित उम्मेदवार सूर्यबहादुर डाँगीले १४१ मत ल्याए । त्यस्तै सह–कोषाध्यक्षमा पाण्डे समूहकी उम्मेदवार निरुपमा महर्जन विजयी भइन । उनले १७० मत ल्याइन भने । पराजित उम्मेदवार राकेश श्रेष्ठले १५६ मत ल्याए ।
त्यस्तै सदस्यहरुमा पाण्डे समूहका बासुदेव दाहाल (२०९) ले पपुलर मत ल्याए । अन्य सदस्यमा कर्णबहादुर गुरुङ (१८७), सुस्मा आचार्यले (१८६), सुदन चौहान (१८६) मत ल्याएर विजयी भए । त्यस्तै, विजयी हुने अन्य सदस्यहरुमा बालकृष्ण (बिके) श्रेष्ठ (१८५), प्रकाश श्रेष्ठ (१७५), सुनिता श्रेष्ठ (१७१) र यज्ञविलास पौडेल (१६२) र प्रशान्त शाहले (१५७) मत प्राप्त गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend