अर्घाखाँची १७, भदौ । अर्घाखाँचीको छत्रदेवमा अज्ञात समूहले वडा अध्यक्षको मोटरसाइकलमा लागो लगाई दिएको समाचार प्राप्त भएको छ । छत्रदेव गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष शोभाकर पाण्डेको लु.१ ब. १६८८ नम्बरको मोटरसाइकल आगजनी हो ।
मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरेको अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले पुष्टी गरे । घर नजिकै पार्किङ्ग गरेर राखेको अवस्थामा मोटरसाइकलमा सोमबार राति आगजनी भएको हो । मोटरसाइकल आगजनी गर्ने समूहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend