सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बरिष्ठ साहित्यकार मोदनाथ पश्रितको प्रमुख आतिथ्यमा अर्घाखाँची सरोकार समाजको तिज बिशेष कार्यक्रम सम्पन्न

बरिष्ठ साहित्यकार मोदनाथ पश्रितको प्रमुख आतिथ्यमा अर्घाखाँची सरोकार समाजको तिज बिशेष कार्यक्रम सम्पन्न

काठमाण्डौ १५, भदौ । अर्घाखाँची सरोकार समाजलको तिज बिशेष तथा बृहत भेटघाट कार्यक्रमको सम्पन्न भएको छ । पूर्वमन्त्री एबम बरिष्ठ साहित्यकार मोदनाथ पश्रितको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कायक्रममा बोल्दै बरिष्ठ साहित्यकार प्रश्रितले अर्घाखाँचीको गीत संगीत कला संस्कृती जिवित राख्न पुस्तकका रुपमा गीतहरु संग्रह गरेर राख्नु पर्ने आवश्यकता रहेको बताउनु भएको छ ।

 

बरिष्ठ साहित्यकार पश्रितले देशको पहिचान भनेको हाम्रो कलासस्कृती भएको भन्दै बचाई राख्ने जिम्मा नयाँ पुस्ताको भएको समेत बताउनु भयो । चार्ड पर्वलाई आफनो पहिचान जोगाउदै रमाईलो बनाउदै लैजान जरुरी रहेको बताउनु भयो ।

कार्यक्रम बागबजार शंखरदेब क्याम्पसमा आयोजना गरिएको थियो । अर्घाखाँची जिल्लाबाट काठमाडौंमा आई बिभिन्न पेसा, व्यवसाय, बिद्याथी बिच चिनजान र भेटघाट गर्ने उदेश्यले भेला राखिएको हो ।

साथै अर्घाखाँची जिल्लाको कला, संस्कृतिको जर्गेना गर्दै पर्यटन बर्ष २०२० लाई सहयोग पु¥याउने उदेश्यले सरोकार समाजले काठमाण्डौमा कार्यक्रम गरेको कार्यक्रमका संयोजक मोतिराज खनालले जानकारी दिनु भयो ।

पछिल्लो समय बिभिन्न पेसा व्यवसायका कारण आफनो जन्मथलो छोडेर देश भित्र वा बाहिर जान बाध्य छन् जसको फलस्वरुप आफनो गाँउ ठाउँ र आफन्त बिच भेटघाट पनि पातलिदै गईरहेको बेला अर्घाखाँचीका यूवाहरुको सक्रियतामा भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।

 

कार्यक्रमको अवसरमा तिजको नाचगाँन र दरखाने कार्यक्रम गरिएको थियो । समाजेवी एबम नाचघरका पूर्व जि एम लक्ष्मण रायमाझी लगायत गाउँ तथा जिल्लावासी बिभिन्न क्षेत्रमा क्रियाशिल व्यवसायी , पत्रकार पेशाकर्मी लगाएतको सहभागीता रहेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend