काठमाडौँ । सुडान घोटाला काण्डमा दोषी ठहरिएका फरार ठेकेदार शम्भु भारतीलाई (सिआइबी)ले पक्राउ गरेको छ । सिआइबीका प्रवक्ता तथा एसपी दीपक रेग्मीले फरार ठेकेदार भारतीलाई शुक्रबार पक्राउ गरेको पुष्टि गर्नु भयो ।
सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो । भारतीलाई फैसला कार्यान्वयनका लागि सर्वोच्चमा बुझाइने सिआइवी स्रोतले जनाएको छ।
सुडान घोटाला काण्डमा पूर्व आइजिपीहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी समेत दोषी ठहर भइ सजाय भुक्तान गरी रिहा भइसकेका छन्।दोषी ठहर भएका पूर्वआइजिपी रमेशचन्द ठकुरीले केही समय अघिमात्रै सर्वोच्च अदालतमा आत्मसर्पण गरेका थिए।
उनलाई २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाइएको छ । त्यस्तै, पूर्व डिआइजी दीपक श्रेष्ठ र रवि राणा यसअघि नै कैद भुक्तान गरी छुटिसकेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend