बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

शिक्षक दरबन्दी पुनर्वितण र मिलानको जिम्मा स्थानीय सरकारलाई

शिक्षक दरबन्दी पुनर्वितण र मिलानको जिम्मा स्थानीय सरकारलाई

काठमाडौं । शिक्षक व्यवस्थापनका बारे गोलमटोल भाषा प्रयोग गरि तयार गरिएको राष्ट्रिय शिक्षा नीतिको मस्यौदामा शिक्षक दरबन्दी पुनर्वितण र मिलानको जिम्मा भने स्थानीय सरकार अन्र्तगत राखिएको छ ।

नीति कार्यान्वयनमा स्थानीय सरकारको जिम्मेवारी अन्र्तगत राखिएको उक्त व्यवस्थामा ’राष्ट्रिय मापदण्डका आधारमा सार्वजनिक विद्यालयको शिक्षक दरबन्दी पुनर्वितण र मिलान गर्ने’ उल्लेख छ ।

जबकी उक्त नीतिमा उल्लेख मस्यौदा अन्र्तगत शिक्षक व्यवस्थापनको बुँदामा भने शिक्षक नियुक्तिको विषयलाई ’पुनर्विचार गर्ने’ मात्रै उल्लेख गरिएको छ ।

’शिक्षकको कार्यसम्पादन विद्यार्थीको परीक्षाको परिणामको आधारमा समेत मूल्याङ्कन गरी शिक्षण सिकाइ क्रियाकलापमा सुधारका लागि जिम्मेवार र जवाफदेही बनाइने’ भनिए पनि उनीहरुको कार्यसम्पादन गर्ने निकायका बारेमा नीति मौन छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend