काठमाडौं ८ भदौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारदाता संस्थाका नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको बताएका छन् । संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रले ललितपुरमा गरेको कार्यक्रममा बोल्दै मन्त्री विष्टले रोजगारदाता संस्थाका नेताहरुका प्रतिष्ठान नै सामाजिक सुरक्षा योजनाको सुचिकरणमा आवद्ध नभएको बताए ।
मन्त्री विष्टले रोजगारदाता वा श्रमिकले मानेनन् वा प्रविधिमैत्री भएन भन्ने टिप्पणी बहाना मात्रै भएको भन्दै उनले नेताहरुद्धारा संञ्चालित प्रतिष्ठानको सूचिकरण नहुनुले नै कानुन कार्यान्वनमा समस्या देखिएको बताए ।
मन्त्री विष्टले सरकारले औद्योगिक क्षेत्रहरुमा कर्मचारी नै परिचालन गरि सबैको सामाजिक सुरक्षा योजनामा सुचिकरण गर्ने काम गरिने बताए ।
ऐन बनेको एक वर्ष सम्म पनि श्रमिकहरुले सामाजिक सुरक्षा योजनाबारे जानकार नरहेको भन्दै उनले योजनाको फाईदाबारे जानकारी गराउनुपर्ने आवश्कता औल्याए।
सामाजिक सुरक्षा सुचिकरणको अभियान अघि बढी सकेको र असोज मसान्तभित्र रोजगारदाता र श्रमिक दुवै सुचिकरणमा आउनै पर्ने भन्दै उनले सो क्रममा परेका अप्ठ्याराहरुलाई सम्बोधन गर्न मन्त्रालय तयार रहेको प्रतिवद्धता जनाए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend