सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रवि सहित तीन जनाविरूद्ध अदालतमा मुद्दा दर्ता, पाँच वर्ष कैद माग

रवि सहित तीन जनाविरूद्ध अदालतमा मुद्दा दर्ता, पाँच वर्ष कैद माग

काठमाडौं ८ ,भदौ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले रवि लामिछाने सहित तीन जनाविरूद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको छ ।

प्रमुख जिल्ला सरकारी वकिल यदुनाथ शर्माका अनुसार तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको हो । यसअघि पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा ८ दिनअघि पक्राउ परेका उनीहरूको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय चितवनमा पेश गरेको थियो ।

उक्त कार्यालयले प्रतिवेदन अध्ययनपश्चात अदालतमा मुद्दा दर्ता गरेको हो।प्रतिवेदनमा पर्याप्त प्रमाण भेटिएपछि मुद्दा चलाउने निर्णय वकिल कार्यालयले गरेको हो। अब अदालतले उनीहरूको थुनछेक बयान लिनेछ ।

बयानपश्चात उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुनेछ । बहस सकेपछि अदालतले आवश्यक निर्णय गर्नेछ ।

आफ्ना पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्याको दुरूत्साहन गरेको भन्दै लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले पक्राउ गरेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend