मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

ओली–माधव नेपालको झगडा मिलाउन प्रचण्ड सक्रिय

ओली–माधव नेपालको झगडा मिलाउन प्रचण्ड सक्रिय

काठमाडौं ७, भदौ । – प्रधामन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलाउने प्रयास गरेका छन् ।

अध्यक्ष दाहाल र नेता नेपालबीच शुक्रबार यसै विषयमा छलफल भएको छ । दाहाल निवासमा भएको छलफलमा नेपाललाई फकाउँदै दाहालले पार्टी एकताको बाँकी काम टुंगो लगाउन पहल गरेका छन् ।

बिहीबार बसेको सचिवालय बैठकमा ओली र नेपालबीच चर्काचर्की भएको थियो । चर्काचर्कीसँगै चिसिएको सम्बन्धलाई फेरि हार्दिक बनाउन प्रचण्ड लागिपरेको खबर राजधानी दैनिकमा छापिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend