सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एक दिनमै १५ आत्महत्या, तीन सातामा चार कर्मचारीले गरे आत्महत्या

एक दिनमै १५ आत्महत्या, तीन सातामा चार कर्मचारीले गरे आत्महत्या

काठमाडौं ७ भदौ । देशमा आत्महत्याको ग्राफ बढ्दो छ । हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढिरहेको देखिन्छ । प्रहरीको तथ्यांकअनुसार दैनिक सरदर १५ नेपालीले आत्महत्या गर्ने गरेका छन् । पछिल्ला चार वर्षमा मुलुकभर २० हजार नौ ६७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । यो संख्या आपराधिक क्रियाकलापबाट हुने कुल मृत्युको ४५ प्रतिशत हो ।

कोही प्रेममा धोका पाएको पीडा सहन नसकेर झुन्डिएका छन् भने कसैले भ्रष्टाचार आरोप खेप्न नसकेर पनि विष सेवन गरेका छन  । यो समाचार टेकराज थामीले नयाँ पत्रिका दैनिकमा लेखेका छन् ।

सरदर दैनिक १५ नेपालीले आत्महत्या गर्ने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार पछिल्ला चार वर्षमा मुलुकभर २० हजार नौ सय ६७ जनाले आत्महत्या गरेका छन् । यो संख्या आपराधिक क्रियाकलापबाट हुने कुल मृत्युको ४५ प्रतिशत हो । तथ्यांकअनुसार कुलमध्ये आत्महत्यामा एक प्रतिशत हत्या ‘दुरुत्साहन’बाट हुने गरेको छ । ७५ प्रतिशत आत्महत्या झुन्डिएर हुने गरेको छ ।

विष सेवनबाट आत्महत्या गर्ने दर २३ प्रतिशत छ । बाँकी एक प्रतिशत आत्महत्या भने अन्य कारणबाट हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

आत्महत्या गर्नेमा सबैभन्दा धेरै १९ देखि ४० वर्ष उमेर समूहका छन । ५६ प्रतिशत आत्महत्या गर्ने यही उमेर समूहका रहेको प्रहरी तथ्यांक छ । ४१ देखि ५९ वर्ष उमेर समूहका दोस्रो नम्बरमा छन् । २९ प्रतिशत आत्महत्या यो उमेर समूहका व्यक्तिले गरेका छन । १८ वर्षभन्दा कम उमेरका आठ प्रतिशत र ६१ वर्षमाथिका सात प्रतिशत छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend