सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संचार मन्त्री बाँस्कोटाको काम बाट काभ्रेका जनतामा खुशीयाली

संचार मन्त्री बाँस्कोटाको काम बाट काभ्रेका जनतामा खुशीयाली

मण्डनदेउपुर, काभ्रे । हिगुवापाटीबाट(गैरीविसौना हुँदै नगरकोट जोड्ने सडकको स्तरोन्नतीकालागि १० करोड बजेट विनियोजन भएको छ । काभ्रे क्षेत्र नं २ का सांसदसमेत रहेका संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको पहलमा बजेट परेको बताईएको छ । सडक निर्माणकालागि तत्काल नै ठेक्का प्रक्रियामा जाने छ ।

निर्वाचनताका मन्त्री बाँस्कोटाले गरेका प्रतिबद्धताहरु पुरा हुने आशामा स्थानीय बासिन्दाहरु रहेका बेला चालु आर्थिक बर्षमा तत्कालै ठेक्का प्रकृया हुनेगरि हिगुवापाटी(गैरिबिसौना(नगरकोट सडक का लागी रु. १० करोड बिनियोजित भएको खबर सुन्दा जनतामा खुशी छाएको छ ।

आफ्ना प्रतिनिधिले विकासकालागि बजेट छुट्याएकोमा मण्डनदेउपुर भेगका आम समुदाय हर्शित हुदै मन्त्री बाँस्कोटालाई हार्दिक धन्यबाद दिएका छन् । “समयमानै काम सम्पन्न गर्न तथा सडक निर्माणको गुणस्तरियताका लागि यहाँका जनता सधै चनाखो रहने” नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मण्डनदेउपुरका नेता शेरबहादुर डोटेलले बताए।

मन्त्री बाँस्कोटाको पहलमा खोपासी(बल्थली(कामिडाँडा सडकका लागि ५ करोड, बनेपा(रबिओपी(पाँचखाल सडक ५ करोड र पनौती(खोपासी सडककालागि ४ करोड बजेट बिनियोजन गरिएको छ ।

समृद्ध काभ्रे बनाउन मात्र होइन मुलुकको विकास र समृद्धिकालागि जनताको साथमा सधै अहोरात्र लागिरहने नेकपाका केन्दीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्जसमेत रहेका सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend