सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आगामी चुनाव पछि समाजवादी पार्टी देशकै पहिलो पार्टी बन्छः नेता तिवारी

आगामी चुनाव पछि समाजवादी पार्टी देशकै पहिलो पार्टी बन्छः नेता तिवारी

काठमाडौ ५, भदौ । सत्तारूढ दल समाजवादी पार्टी नेपालका विज्ञ सदस्य नारायण तिवारीले आगामी निर्वाचन पछि आफनो पार्टी पहिलो बन्ने दावी गरेका छन् । आज रिपोर्टर्स क्लव नेपालमा पत्रकारहरु संग कुरा गर्दै यस्तो कुरा बताएका हुन् ।

नेपाली जनताहरुले अन्य पार्टीहरुको कार्यशैली भोगिसकेकोले अवको बिकल्प समाजवादी पार्टी भएको नेता तिवारीको दावी छ । नेपालमा बिभिन्न पार्टीका सरकार बनेपनि जनअपेक्षा अनुसार काम गर्न नसकेको उनको भनाई छ ।

साथै उनले पार्टी सरकारमा गएको एक वर्ष भन्दा पनि बढि भैसकेको अवस्थामा पनि अहिलेसम्म संविधान संशोधन प्रक्रिया नबढाएकोमा उनले असन्तुष्टि पोखे ।

‘अब पनि सरकारले संविधान संशोधन प्रस्ताव अघि बढाएन भने हामी सरकारमा बसिरहँदैनौं’–उनले भने,‘त्यसैले हामी अब अन्तिम पर्खाईमा छौं । अब संशोधन प्रक्रिया ढिलाई नगरी अघि बढाउनु पर्नेमा उनको भनाई छ ।

नेता तिवारीलाई समाजवादी पार्टी नेपालको प्रबक्ताको बनाउने चर्चा समेत छ । पत्रकारिता संगै राजनीतिमा राम्रो छवि बनाएका तिवारी संचारमाध्यम संग राम्रो सम्बन्ध छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend