काठमाडौ ४ भदौ । पत्रकार विनोद विश्वकर्मा र गोमा खत्रीको आवाज रहेको तीज गीत ’चट्टपरि साईत’ मा बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । शब्द तथा संगीत विनोद विश्वकर्माको रहेको गीतमा कुमार सानु पुनको मिक्सिङ रहेको छ ।
भिडियोलाई प्रविन आत्रीय ‘नुतन’ले निर्देशन गरेका छन् । भिडियोको छायांकन विमल विश्वकर्माको रहेको छ । भिडियोमा निरु कोईराला, दुर्लभ थापा मगर, दिनेश विश्वकर्मा लगायतको अभिनय रहेको छ ।
कमेडि जनरमा निर्माण गरिएको भिडियोमा नेपालमा रेल आउछ कि आउदैन भन्ने विषयलाई व्यंगात्मक ढंगले प्रस्तुत गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend