एमाले र माओवादी केन्द्र बिचको पार्टी एकताको बिषयमा बजारमा बिभिन्न हल्ला चलेको बेला दुवै दलका अध्यक्षले वान टु वान वार्ता आज पनि गर्ने भएका छन् । एकतासम्बन्धि बाँकी रहेका टुङ्ग्याउनु पर्ने विषयहरुको छिनोफानो गर्न दबै पार्टीका अध्यक्ष वान टु वान वार्तामा बस्ने एमाले नेता सुवास नेम्वाङले बताए । दुबै समितिले आ–आफ्ना प्रतिवेदन बुझाएपछि नमिलेका विषयमा टुङ्गो लगाउन वैशाख ४ गते पार्टी एकता संयोजन समितिको बैठक बसेको थियो । तर, त्यो बैठकले विवादीत विषय हल गर्न नसकेपछि विवादीत विषयहरुको हल गर्ने जिम्मा दुबै अध्यक्षलाई दिएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend