काठमाडौँ १, भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही हप्ता सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारीहरू नियुक्त हुन सक्ने बताएका छन् ।
आइतवार प्रतिनिधि सभामा सार्वजनिक महत्त्वका विषयमा सम्बोधन गर्दै ओलीले एक सातामा खाली रहेका दुई आयोगहरूमा पदाधिकारी नियुक्त हुने आफ्नो विश्वास रहेको बताए ।
संक्रमणकालीन न्यायसम्पादन गर्ने सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गत वैशाख १ गतेदेखि पदाधिकारी बिहीन छन् । सरकारले पूर्व प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा पदाधिकारी सिफारिस समिति पनि गठन गरेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend