सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

उक्लियो शेयर बजार कारोबार, रकममा पनि चमक

उक्लियो शेयर बजार कारोबार, रकममा पनि चमक

बाम सरकार बने संगै अनाबश्यक हल्लाले खस्किएको शेयर बजार बिस्तारै जम्प मार्न थालेको छ । बैंक तथा वित्तीय संस्थाको तरलतामा केहि सहजता देखिने संकेतसँगै शेयर बजार एक सातामै ११०.७६ अंकले बढेको छ । लामो समयदेखि घटिरहेको बजार नयाँ वर्षको सुरुवातसँगै निरन्तर उकालो लागेको छ। सूचकमा देखिएको सुधारसँगै गएका महिनामा दैनिक २० र ३० करोड रुपैयाँको कारोवार हुँदै आएकोमा बैशाख लागे सँगै एक अर्ब रुपैयाँ नाघ्न थालेको छ ।
साताको अन्तिम कारोबार दिन बजार २५.३० अंकको सुधार आएको छ। नेप्से परिसुचक ३८८.३१ अंक फर्किएको छ । बिहीबार १६८ वटा कम्पनीको कारोबार हुँदा एक अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ । व्यापार उपसूचक बाहेक अन्य उपसूचक बढेका छन्। व्यापार उपसूचक १.०६ प्रतिशतले घटेको छ। बिहीबार सबैभन्दा धेरै चिलिमे हाइड्रोपावर कम्पनीको ४ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ। सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले ९.९३ प्रतिशतले कमाएका छन् भने सहयोगी विकास बैंकका शेयरधनीले ७.२० प्रतिशतले गुमाएका छन ्।
माघ देखि चैत्र महिनासम्म सँधैजसो देखिने वियरिस ट्रेण्ड बैशाख लागेसँगै सुधार हुने गरेको विश्लेषकहरुको भनाई छ ।
चालु आर्थिक वर्षको बजेटमा छुट्याइएको बजेट बिस्तारै खर्च हुन थालेपछि बैंकिङ तरलता पनि बढ्न थालेको छ । एक सातामै बाणिज्य बैंकहरुको निक्षेप १३ अर्बले बढेको छ।संस्थागत लगानीकर्ताले पनि आँफुसँग भएको स्रोत विस्तारै प्रयोग गर्दा कारोबार रकममा उल्लेख्य बृद्धि भएको ब्रोकरहरु बताउँछन्। म्युचुअल फण्डले बैंक राखेको पैसा पनि विस्तारै शेयर बजारमा लगानी गर्न थालेको उनीहरुको दावी छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend