विपी पोखरेल काठमाडौं, २९ साउन । पछिल्लो समय एक पछि अर्को गर्दै निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मुल्य बुधबार ७० हजार माथि पुगेको छ । साउन १६ गतेदेखि बढ्न थालेको सुनको मूल्यले दिनदिनै बढेर नयाँ रेकर्ड कायम गर्दै आएको छ । सुनको मूल्य साउन १६ गतेदेखि साउन २२ गतेसम्म लगातार बढेर एक सातामा ५ हजार रुपैयाँले बढेको थियो । साउन २२ गते देखि स्थिर रहेको सुनको मूल्य फेरि १ हजार रुपैयाँले बढेर ७१ ह्जार रुपैयाँमा खरिद बिक्री भइरहेको छ। सुनको भाउ प्रति तोला ७० हजार रुपैंया कटेपछि काठमाडौंका सुन पसलमा बेच्नेको लर्को हुन थालेको छ ।
यसबेला सुन किन्ने भन्दा पनि बेच्नेको घुइँचो हुने गरेपछि व्यापार सन्तुलन गर्न कठिन भएको व्यपारीको भनाई छ । न्युरोडका एक सुन व्यपारीले भने, आफूले बेचेका गहना नै खरिद गर्नुपर्ने अवस्था आयो सुन महगो भएपछि किन्नेको सङख्या ह्वात्तै घट्यो बेच्ने ग्राहकको चाप ह्वात्तै बढेको छ ।
‘ग्राहकले आफूले किनेका सामान बेच्न ल्याएपछि खरिद गर्नुपर्ने हुन्छ उनले थपे अहिले किन्ने भन्दा पनि बेच्ने धेरै आउनुहुन्छ’, अघिल्लो बर्षहरुमा श्रवाण महिनाका साथै तीजको सिजनमा व्यापार धेरै हुने गरे पनि अहिले यस्तो अवस्था देखिएन ।’
चाडवाड सुरु हुँदा नेपाली ग्राहकले सुन खरिद गर्दै आएका थिए । अझ खासगरी तिज आउने बेलामा सुनको व्यापार बलियो थियो । तर, अस्वभाविक हिसाबले सुनको भाउ बढेपछि उल्टो भएको छ, यो बेला किन्ने भन्दा बेच्ने ज्यादा भएको व्यपारीको भनाई छ ।
४० देखि ५० लाखको हारहारमीमा दैनिक व्यापार गर्ने न्युरोड क्षेत्रका सुन पसलमा अहिले विक्रि घटेर दैनिक २० लाखमा सीमित भएको छ । बरु, खरिदको दरमा अस्वभाविक बढेको सुन व्यापरीको भनाई छ । व्यापारी भन्छन् मान्छेको घुइँचो उस्तै देखिएको छ । पहिला किन्न आउनु हुन्थ्यो आजभोली बेच्नेको भिँड देखिन्छ ।’
किन अस्वाभाविक रुपमा बढ्यो सूनको मुल्य यस्तो छ कारण
यता सुन चाँदी व्यवसायी मणी रत्न शाक्य सुनको मूल्य बढ्दै जानुमा अमेरिका चीन व्यापार युद्ध नै मुख्य कारण भएको बताउँभछन् । अमेरीकाले चीनबाट आयात हुने ३०० अर्ब डलरको सामानमा १० प्रतिशतले भन्सार लगाउने निर्णय गरेकाले त्यसको प्रभाव विश्वकै आर्थिक क्षेत्रमा देखिएको हो । नेपाली बजारमा सुनको भाउ बढ्नुको कारण पनि यही हो । अमेरीका र चीनको व्यापार युद्धले विश्व शेयर बजारमा नकारात्मक प्रभाव परेकोले सुनको मूल्य बढेको हो । व्यापार युद्धले डलरको भाउ बढेको छ भने बिश्वका मुख्य शेयर बजारहरू घटेका छन् । जसले गर्दा शेयर बजारमका लगानीकर्ता समेत सुनमा लगानी गर्न आकर्षित भए र सुनको मूल्य बढ्न पुग्यो ।
त्यस्तै नेपालको केन्द्रीय बैंकले ब्याजदर अन्तर घटाउँदा बैंकहरुले ब्याजदर घटाएकोले पनि सुनको मूल्यमा प्रभाव परेको हो। केन्द्रीय बैंकले निक्षेपको ब्याजदर घटाउँदा सुनमा लगानी गर्ने बढेको र त्यसले सुनको मूल्य बढेको शाक्यको बुझाइ छ।
अमेरिकी केन्द्रीय बैंकले पनि निक्षेपको ब्याजदर घटाएपछि त्यहाँका ब्यक्तिहरुपनि सुनमा लगानी बढाएकाले पनि सुनको मूल्यमा निरन्तर वृद्धि देखिएको हो।संसारभरी बैंकहरुले बचतको ब्याजदर घटाए भने बचतकर्ताहरु बैंकमा बचत गर्न छाडेर अन्य लगानीको माध्यमको खोजी गर्न थाल्छन् । जसको उपयुक्त विकल्पमा सुन पर्ने गरेको छ ।जसले गर्दा आगामी दिनमा पनि सुनको मुल्य थप उकालो लाग्ने संकेत देखिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend