काठमाण्डौ २२, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय जनता पार्टी (भाजपा) की नेतृ तथा पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार बिहान ट्वीटमार्फत स्वराजको निधनमा दुःख व्यक्त गर्नुभएको हो ।प्रधानमन्त्री ओलीले बुधबार बिहान दुई वटा ट्वीट गर्दै भन्नुभएको छ ‘भारतकी पूर्व विदेशमन्त्री तथा वरिष्ठ राजनीतिक नेतृ सुषमा स्वराजको निधनको खबरले स्तब्ध भएको छु ।
यस दुखद् घडीमा भारत सरकारका साथसाथै सम्पूर्ण भारतीय नागरिक तथा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend