सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विप्लवका केन्द्रीय सदस्य सहित तीनजना पक्राउ

विप्लवका केन्द्रीय सदस्य सहित तीनजना पक्राउ

रुकुम २२ साउन । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य श्यामबहादुर बोहरा ‘अटल’सहित तीनजना पक्राउ परेका छन्। उनीसँगै अनेरास्ववियु क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक समिति रुकुम पश्चिमका संयोजक हरि पुन र सहसंयोजक प्रेम प्रशान्त बोहरा पनि पक्राउ परेका छन्।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ मुरुबाट उनीहरुलाई पक्राउ गरिएको हो । केहीदिन यता रोल्पा सल्यान र रुकुम पश्चिमको सीमानाका र रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका क्षेत्रमा प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताले चन्दा माग गरेको सूचना प्रहरीलाई आएको थियो।

त्यही सूचनाका आधारमा गस्तीमा गएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरु तीनैजनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा राखेर अनुसन्धान थालेको प्रहरी प्रमुख सुमित खड्काले बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend