सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गलत प्रचार भयो मेरो नागरिकता खारेज भएको छैन्— नेता राजेन्द्र महतो

गलत प्रचार भयो मेरो नागरिकता खारेज भएको छैन्— नेता राजेन्द्र महतो

काठमाडौं २१ श्रावण । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद राजेन्द्र महतोले नागरिकता खारेजीको विषयमा आफ्नो नाम जोडेर मानहानी गरिएको बताएका छन् ।
प्रतिनिधि सभाको बसेको बैठकमा सभामुखसँग समय लिएर महतोले भने– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता बदर गरिएको भनेर समाचार आएको छ । त्यसलाई व्यापक रुपमा प्रचार–प्रसार भएको छ । त्यो कुन राजेन्द्र महतो हो ?
उनले सरकारले यस्तो संवेदनशील विषयमा निर्णय सार्वजनिक गर्दा नागरिकता खारेज भएका व्यक्तिको ठेगाना उल्लेख नगरेर गलत प्रचार गरएको आरोप लगाए । यो कुन नियतले हो ? चौतर्फी असफल भएको सरकारले भ्रमको खेती गरेर के गर्न खोजेको हो ? महतोले प्रश्न गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend