काठमाडौं १७ साउन । काठमाडौंको बालाजुमा मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको ज्यान गुमाएका छन् । शुक्रबार बिहान ०९ः५० बजे काठमाडौँ महानगरपालिका–१६, बालाजु चोकस्थितमेलम्ची खानेपानीको पाइप सफा गर्ने उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा सप्तरी कनकपट्टीका सुरेस साह र शिवकान्त साहको मृत्यु भएको हो।
महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीका अनुसार मृतकहरु सहोदर हुन्।
पाइप सफा गर्न सडकमा रहेको मूख्य सुरुङबाट छिरेका उनीहरू त्यही अड्किएका थिए । लामो समयसम्म बाहिर ननिस्किएपछि डोजर लगाएर खनेर दुवैलाइ निकालिएको बताईएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend