सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपालमा सबैभन्दा बढी रेमिट्यान्स भित्रियो अमेरिकाबाट

नेपालमा सबैभन्दा बढी रेमिट्यान्स भित्रियो अमेरिकाबाट

काठमाडौं १५ साउन । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ । आर्थिक वर्ष २०७५र ७६ को ११ महिनामा यस मुलुकबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। डाइभर्सिटी भिसा (डीभी) का साथै विद्यार्थी भिसामा अमेरिका जाने क्रम बढ्दै गएपछि त्यसको प्रभाव रेमिट्यान्समा परेको हो।

नेपालमा भूकम्पपछि सन् २०१५ को जुनयता अमेरिकाले नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) दिएका कारण उक्त अवधिमा प्रवेशाज्ञा समाप्त भएका नेपालीले बढी समय बस्ने अनुमति पाएका छन्।

यो सुविधा अन्तर्गत उनीहरूले सन् २०२० को मार्च २० सम्म अमेरिकामा काम गर्न पाउँछन्। राष्ट्र बैंककोे गत आवको ११ महिना (साउन–जेठ)को तथ्यांकअनुसार बढी रेमिट्यान्स आउने मुलुकमा अमेरिकापछि दोस्रोमा भारत छ ।

भारतमा काम गर्ने नेपालीको तथ्यांक छैन। खाडी र मलेसियाभन्दा बढी नेपाली भारतमा काम गर्छन्। भारतबाट गत आवको ११ महिनामा ९० अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको छ । अमेरिका र भारतपछि जापान, अस्ट्रेलिया, क्यानडा र बेलायतबाट बढी रेमिट्यान्स भित्रिने गरेको छ।

यी देशमा विद्यार्थी जाने गरेका छन्। नेपालीको शैक्षिक गन्तव्यका रूपमा परिचित मुलुकबाट आउने रेमिट्यान्स अन्यभन्दा बढी छ ।यो समाचार अन्नपूर्ण दैनिकमा तुलसी सुवेदीले लेखेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend