काठमाडौं १४ श्रावण, । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भु–भाग भन्दा दक्षिण तिर रहेकाले मनसुनी गतिविधि कम सक्रिय अवस्थामा छ । हाल देशभरी आंशिकदेखि सामान्य बदली भइरहेको छ । केही स्थानमा हल्का वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुने संभावना रहेको जनाइएको छ ।
मंगलबार राति देशैभर आंशिकदेखि पुर्ण बदली रही केही स्थानमा वर्षा हुने संभावना छ ।पश्चिमि पहाडी भूभागका एक–दुई स्थानमा भने मध्यमदेखि भारि वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने संभावना छ ।
पश्चिमि पहाडी भूभागका एक–दुई स्थानमा मध्यमदेखि भारि वर्षाको संभावना छ । बुधबार राति भने देशभर सामान्यदेखि पूर्ण बदली हुने तथा केही स्थानमा वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ ।बुधबार राति पनि केही स्थानमा वर्षा हुने संभावना छ ।बिहीबार दिउँसो पनि केही स्थानमा वर्षा हुने संभावना छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend