काठमाडौं । विश्व बाघ दिवस २०७६ विविध कार्यक्रम गरी मनाइँदै छ । सन २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा रुसको सेन्ट पिटर्सवर्गमा विश्वका बाघ पाइने १३ राष्ट्र प्रमुखको सम्मेलनले बाघ दिवस मनाउने निर्णय गरेसँगै नेपालमा पनि विश्व बाघ दिवस मनाउन शुरु गरिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण विभागले २००९ को तुलनामा २०१३ मा बाघको संख्या ६५ प्रतिशत बढेको जनाएको छ । बाघको संख्या वृद्धि गर्नका लागि २०१६ मा बाघ संरक्षणसम्बन्धी रणनीतिक योजना बनाएर विभागले काम गरिरहेको छ । जसले बाघको संरक्षण हुनुका साथै जैविक मार्गको संरक्षण हुने विभागको विश्वास छ ।
२० औँ शताब्दीको पूर्वाद्धमा बाघको संख्या १,००,००० रहेकोमा यो संख्यामा ९०५ प्रतिशत ह्रास आई अहिले ३,२०० मा झरेको तथ्यांकले देखाउँछ । संख्या घट्नुमा मुख्य कारण भनेको जंगल फँडानीले गर्दा बासस्थलको कमी, मौसममा परिवर्तन र गैरकानुनी शिकार हुनु हो ।
विभिन्न १३ मुलुक मिलेर २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने उद्देश्यका साथ नेपाल, भारत, भुटान, बंगलादेश, कम्बोडिया, चीन, लाओस, म्यानमार, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि बढेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend