काठमाडौं ९ साउन । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भारतका रअका प्रमुखले प्रधानमन्त्रीलाई भेटेको आफूलाई जानकारी नभएको बताएका छन् ।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटालाई रअका प्रमुखले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्रीलाई भेटेको हो भनेर सोधिएको थियो ।
जवाफमा बास्कोटोले भने, ‘यदि आएको हो र भेटेको हो भने कूटनीतिक प्रोटेकलकै आधारमा भेटघाट भएको हुनुपर्छ । त्यसैले प्रधानमन्त्रीले भेट्नु भएको छैन । हल्ला फैलाउने काम नगरौं ।’ककसले भेटेको थाहा नभएको तर भेट्नै हुँदैनथ्यो भन्ने पनि नभएको उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend