विद्यार्थीहरुको लागी फलामे ढोका मानिने एसईईको नतिजा प्रकाशित भईसकेको छ । नतिजा प्रकाशित संगै उच्च शिक्षाकोे पर्खाइमा बसेका विद्यार्थीहरुको मनमा अनेक किसिमका तरङ्गहरु उत्पन्न भइरहेका छन् । विद्यार्थीहरुमा कसरी प्लस टु छान्ने कतिपयलाई के पढ्ने भनेर चिन्ता हुन्छ । राम्रा शैक्षिक संस्था कसरी छान्ने ? के पढ्दा राम्रो हुन्छ ? भन्ने यावत बिषयले विद्यार्थीहरु अन्यौलमा रहेको देखिन्छ । साथै अरु प्लस टु भन्दा ब्राईट फ्युचर नै विद्याथीले किन रोज्ने के छन् ब्राईट फ्युचरका बिशेषता लगायत समसामयिक बिषयमा केन्द्रीत रहेर चन्द्रागिरी नगरपालिका वडा नं. १४ नैकापमा अवस्थित रहेको ब्राईट फ्युचर मा.वि प्लस टु विभाग प्रमुख श्यामकृष्ण महर्जन संग पत्रकार मुकुन्द गैरे र मुकुन्द भुसालले गरेको कुराकानीको सम्पादित अंश ।
ब्राईट फ्युचर मा.वि को बारेमा जानकारी दिनुहोस् न ?
— वि.सं. २०४४ सालमा स्थापना भएको यस ब्राईट फ्युचर माध्यमिक विद्यालय काठमाडौैंको पश्चिम भेगमा स्थापित र सधै उत्कृष्ट नतिजा दिँदै आएको विद्यालय हो । अभिभावकको सल्लाह र सुझावलाई मध्यनजर गर्दै साथै नेपाल सरकारको विद्यालय शिक्षा माध्यमिक तह कक्षा १ देखि कक्षा १२ सम्म भन्ने नीतिलाई मध्यनजर गर्दै यसपालि देखि ब्राईट फ्युचरले कक्षा ११ सञ्चालन गरेको छ । उत्कृष्ट शिक्षालाई निरन्तरता दिनको लागि सदैव तत्पर छ । यो विद्यालय चन्द्रागिरी नगरपालिका वडा नं. १४ नैकापमा अवस्थित छ ।
एसईईको परिक्षाको नतिजा प्रकाशित भईसकेको अवस्था छ , ब्राईट फ्युचरको तयारी के कस्तो छ ? स्पष्ट पारिदिनुहोस् न ।
— रिजल्ट प्रकाशित भईसकेको छ, यसलाई मध्यनजर गर्दै हामीले विद्यार्थीहरु र अभिभावक वर्गलाई जानकारी दिँदै आएको छौ र भौतिक पूर्वाधारहरु निर्माण कार्य गरी सकेको छौ । प्रयोगशाला लगायत सम्पूर्ण भौतिक सामग्रीहरु तयारी गरेका छौँ ।
उच्च शिक्षाकोे पर्खाइमा बसेका विद्यार्थीहरुको मनमा अनेक किसिमका तरङ्गहरु उत्पन्न भइरहेका छन् । विद्यार्थीहरुले कसरी प्लस टु छान्ने कतिपयलाई के पढ्ने भनेर चिन्ता हुन्छ । राम्रा शैक्षिक संस्था कसरी छान्ने ? के पढ्दा राम्रो हुन्छ ? केही बताई दिनुहोस् न ।
— भाइबहिनीहरु अहिले के पढ्ने भनेर अलमलमा परेका छन् । यो प्लस टु छानु कि त्यो प्लस टु छानूँ भएको छ । धेरै विद्यार्थीहरु धेरै प्लस टुमा घुमिरहेका छन् । सबै शैक्षिक संस्थाहरुमा आफ्—आफ्नै किसिमका सुविधाहरु दिइरहेका हुन्छन् ।
मेरो सुझाव विद्यार्थी भाई बहिनीहरुलाई यो छ कि तपाई जुनसुकै प्लस टु जानुस् त्यहाँको म्यानेजमेन्ट टिम, त्यहाँको शिक्षक शिक्षिकाको अनुभव शिक्षण सिकाई विधि सम्पूर्ण कुराहरुमा ध्यान दिन आवश्यक पर्दछ र विषयहरु छनोट गर्दा विद्यार्थीहरुलाई राम्रो काउन्सिलिङ्गको आवश्यकता पर्दछ । हामीले राम्रो काउन्सिलरको व्यवस्था गरेका छौँ ।
साथै विद्यार्थीले आफनो रुचि अनुसारको विषय छान्नु पर्छ । त्यसका लागि म र मेरा टिमले विद्यार्थीलाई सहीमार्ग निर्देश गर्न तयार रहेको कुरा पनि तपाईलाई जानकारी दिन चाहन्छु ।
राजधानीका सयौ प्लस टु को भीडमा विद्यार्थीहरुले तपाईको ब्राईट फ्युचर मा.वि नै किन रोज्ने त ? के छन् त विशेषताहरु ?
— हो यो अति नै राम्रो प्रश्न गर्नु भयो । राजधानीका सयाँै मा.विको भीडमा हाम्रो ब्रार्ईट फ्युचर मा.वि अरु मा.वि भन्दा अलि भिन्न छ । म के भन्न चाहन्छु भने प्रथमताः यस ब्राईट फ्युचरमा पूर्ण पारिवारिक वातावरण साथै अति नै राम्रो शैक्षिक वातावरण छ ।
अन्य विशेषताहरुको कुरा गर्नुपर्दा ब्राईट फ्युचर मा.वि. विद्यार्थीहरुलाई नेपालमै 3 DI Learning system बाट पनि हप्तामा १ पटक पढाइन्छ । यो 3 DI Learning system बाट अध्ययन गरेको विद्यार्थीले 3 DI School Newzealand को अन्तर्राष्टिय मान्यता प्राप्त सर्टिफिकेट प्राप्त गर्नेछन् । आफनै विद्यालय भवन छ । यो हाम्रो भवन भुकम्प प्रतिरोधात्मक भवन हो ।
अन्य अतिरिक्त क्रियाकलापहरुको कुरा गर्दा हाम्रो आफनै फुटसल ग्राउन्ड छ । हामी सँग पूर्वराष्ट्रिय खेलाडी रमेश बुढाथोकी कोचको रुपमा हुनुहुन्छ र स्पोर्ट कोर्डीनेटरको रुपमा राष्ट्रिय फुटबल टिमका गोलकिपरको अति नै विज्ञ कोच नवीन महर्जन हुनुहुन्छ । शिक्षण सिकाई विधिको कुरा गर्दा हामी सँग अति नै अनुभवी शिक्षक÷शिक्षिकाहरु हुनुहुन्छ ।
हामी हाम्रा विद्यार्थीलाई शतप्रतिशत उत्तीर्ण गराउँन प्रतिबद्ध छौँ । हाम्रो अर्को महत्त्वपूर्ण पाटो भनेको संस्कार सहितको शिक्षा पनि हो । हामी परीक्षा उत्तीर्णताको ग्यारेन्टी मात्र लिन्नौँ हामी असल र सभ्य नागरिक बनाउँने र त्यसका लागि संस्कार र संस्कृतिका विषयवस्तु पनि जोड्छौँ ।
विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको लागि सम्बन्धित कलेजको भौतिक पूर्वाधार, व्यवस्थापन, त्यहाँको शैक्षिक वातावरण, पढाउने शिक्षक राम्रो हुनु पर्ने हुन्छ । ब्राईट फ्युचरको अवस्था कस्तो छ ? स्पष्ट पारिदिनुहोस् न ।
एकदमै राम्रो प्रश्न गर्नुभयो । प्रथमतःहजुरले भने जस्तै कलेजको भौतिक पूर्वाधार राम्रो हुनु जरुरी छ । यसमा हाम्रो आप्mनै भवन छ । त्यसमा पनि नयाँ भवन निर्माण गरेका छौँ । निक्कै आकर्षक कक्षा कोठाहरु, प्रयोगशालाहरु छन् ।
म्यानेजमेन्ट टिमको कुरा गर्नुपर्दा विद्यालयमा नै ३२,३३ वर्षको आफनो अनुभव भएको सरहरु हुनुुहुन्छ र सरहरुकै साथमा र सुपर भिजनमा रहि कक्षा ११ को लागि काठमाडौंको प्रतिष्ठित संस्थाहरुमा निकै लामो समय देखि अनुभवी शिक्षक÷शिक्षिकाहरु हुनुहुन्छ र हाम्रो कलेजको शैक्षिक वातावरणको कुरा गर्नु पर्दा निक्कै शान्त वातावरणमा यहाँको पारिवारिक वातावरण नै उत्कृष्ट छ ।
शिक्षक शिक्षिकाको बारेमा मैले अघि नै भनिसके कि काठमाडौंका अति प्रतिष्ठित संस्थाका निकै अनुभवी शिक्षक शिक्षिकाहरु हुनुहुन्छ र म दावाका साथ भन्छु नेपालका कुनै पनि कलेजहरुमा भन्दा कम पढाइ हँुदैन ।
अर्थात हामी देशकै नमुना शैक्षिक संस्थाबनाउँने उद्देश्यका साथ अघि बढेका छौँ । त्यसका लागि हामी मन, वचन र कर्मबाट समर्पित भएर लागिपरेका छौँ ।
. तपाईको ब्राईट फ्युचर प्लस टु मा कुन —कुन विषयहरुको अध्यापन हुन्छ ?जानकारी दिनुहोस् न ।
— हजुर हाम्रो प्लस टु मा अहिले कक्षा ११ को लागि साइन्स र म्यानेजमेन्ट दुई संकायमा पढाई हुन्छ । म्यानेजमेन्टमा हाम्रो मा Business studies Computer र Hotel management अध्यापन गराईन्छ । त्यस्तै साइन्सको कुरा गर्नुपर्दा Physical र Biology Group को अध्यापन गराईन्छ र आगामी वर्षदेखि मानविकी सङ्कायलाई पनि जोड्छौँ । साथै सम्भव भएमा कानुनका विषय पनि जोड्ने प्रयासमा छौँ ।
. तपाईको प्लस टु मा खासमा कुन वर्गका विद्यार्थीको लागि लक्षित गरेर सञ्चालन गर्न खोज्नु भएको हो ? के सामान्य मध्यमवर्गका परिवारका छोराछोरीले पनि यस कलेजमा अध्ययन गर्न सक्छन् ?
— खासमा कुरा के छ भने हाम्रो उद्देश्य भनेको गुणस्तरीय शिक्षादिनु हो । गुणस्तरीय शिक्षा प्रदान गर्दा यो कुरा वा त्यो वर्ग भन्दा पनि सम्पूर्ण नेपालीका छोरा छोरीहरुले यस कलेजमा अध्ययन गर्न सक्छन् ।
हामीले विभिन्न किसिमका छात्रवृत्तिका प्याकेजहरु पनि राखेका छौँ । त्यसैले म के भन्न चाहन्छ भने यहाँ यो वा त्यो वर्ग होइन, हरेक नेपालीहरुले अध्ययन गर्न सक्दछन् ।
. अन्यमा के भन्न चाहनुहुन्छ त ?
— सर्वप्रथम त मेरो आफनो भनाई राख्न दिनुभएकोमा मेरो अनुभवलाई व्यक्त गर्न दिनुभएकोमा मलाई यहाँ सम्म बोलाई दिनु भएकोमा तपाईको मिडिया र यसका सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु ।
र अन्त्यमा के भन्न चाहन्छु भने रिजल्टमा पास हुनु भएका सम्पूर्ण भाइबहिनीहरुलाई शुभकामनादिन चाहन्छु र परीक्षाफल प्रकाशित भईसकेको छ एक पटक ब्राईट फ्युचर मा.वि. चन्द्रागिरी नैकापमा आउनु हुन पनि बिनम्र अनुरोध गर्दछु ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend