सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रोजगारी सिर्जना गर्ने मन्त्री विष्टको रणनिती

रोजगारी सिर्जना गर्ने मन्त्री विष्टको रणनिती

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न बर्तमान सरकार नयाँ रणनितीका साथ अगाडि बढ्न लागेको बताएका छन् । गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री विष्टले कृषि, शिक्षा स्वास्थ्य, रोजगारीलगायतका सामाजिक विकासका क्षेत्रमा नयाँ ढंगले नीति तथा कार्यक्रम बनाइ जनताको सेवा गर्न चाहेको बताए ।
विष्टले कुनै पनि व्यक्ति मन्त्री बन्दैमा जनताको जीवन बदलिन नसक्ने बताउँदै जीवन बदल्न नया ढंगले काम गर्नुपर्ने उनको भनाई छ । एक व्यक्ति मन्त्री हुँदैमा जनताको जीवन नबदलिने उनको तर्क छ । उनले खान नपाएर भोकै बसिरहेका गरीब, दलित तथा पिछडिएका परिवारको विकासका निम्ति अब आधार तयार गर्ने बताए । विश्व मानचित्रमा गौरवशाली, सबल र समृद्ध नेपाल बनाउने ऐतिहासिक दायित्व यो सरकारमा आएको भन्दै उनले सो दायित्व पूरा गर्न सरकार कुनै पनि कदम चाल्न पछि नपर्ने बताए ।

उनले देशमा पर्याप्त रोजगारी सिर्जना गर्ने सरकार लागि परिरहेको बताउदै रोजगारीको खोजिमा बिदेशी खाडी मुलुकमा भेडा चराउन जानु नपर्ने भन्दै गाउँमै हजारौं रोजगारी सिर्जना गर्ने मन्त्री विष्ट दाबी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend