सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कोरियन भाषा परीक्षा (ईपीएस)को नतिजा सार्वजनिक

कोरियन भाषा परीक्षा (ईपीएस)को नतिजा सार्वजनिक

काठमाण्डौ १३ असार । दशौं कोरियन भाषा परीक्षामा १२ हजार ९ जना पास भएका छन् । कृषि क्षेत्रमा २ हजार ८ सय ७६ र उत्पादनमूलक क्षेत्रमा ९ हजार १ सय ३३ परीक्षार्थी उत्तीर्ण भएका ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिनुभयो ।

यो वर्ष कृषि क्षेत्रमा ३७ नम्बरभन्दा माथि ल्याउने र उत्पादनमूलक क्षेत्रमा ३८ नम्बरभन्दा माथि ल्याउने उत्तीर्ण भएका छन् । गएको जेठ २५ र २६ गते भाषा परीक्षा भएको थियो ।

परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको थियो ।

भाषा परीक्षा र सीप परीक्षणमा पास हुने परीक्षार्थी रोजगार आवेदन दिनका लागि योग्य हुनेछन् । कोरियाले १ दशकदेखि नेपालीलाई आफ्नो देश लैजाँदै आएको छ । यही माध्यमबाट कोरिया पुगेका हजारौं नेपाली अहिले कोरियामा कार्यरत छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend