सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

लागूऔषध ओसार पसार नेपालका लागि चुनौति— गृहमन्त्री थापा

लागूऔषध ओसार पसार नेपालका लागि चुनौति— गृहमन्त्री थापा

काठमाडौं ११ असार । गृहमन्त्री रामबहादुर थापाले लागूऔषध दुरुपयोग तथा ओसार पसार नेपालका लागि पनि चुनौतिपूर्ण बन्दै गएको बताएका छन् । लागूऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्रािष्ट्रय दिवसको सन्र्दभमा बुधबार काठमाडौंको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले विश्वव्यापी समस्याको रुपमा रहेको लागूऔषध दुरुपयोगको समस्या नेपालका लागि पनि चुनौतिपूर्ण रहेको बताएका हुन् ।

लागूऔषध समस्या र अन्तरनिहित चुनौतिको तुलनामा सरकारका प्रयायहरु पर्याप्त नहुनु र खुल्ला सिमानाका कारण नियन्त्रणमा चुनौति रहेको उनको भनाई छ । सरकारले कानून कार्यान्वयन गर्ने सुरक्षा निकाय र संस्थागत निकायको क्षमता अपेक्षित रुपमा विकाश गर्न नसकेको, अपराधको निगरानी, सूचना प्रणाली, अनुसन्धान र अभियोजनलाई वैज्ञानिक र स्रोत साधन सम्पन्न पार्न नसकेको बताए ।

कानुनको सफल कार्यान्वयनसँगै रोकथाम मुलुक प्रयासलाई पनि जनस्तरसम्म पुर्याउन नसकिएको भन्दै उनले नागरिक समाजको साथै सबै बर्ग र तहलाई सहयोग गर्न आग्रह गरे । लागू औषध दुरुपयोग र अबैध कारोवार बहुआयामिक समस्या भएकाले कानुनी र चिकित्सकीय उपचारसँगै सामाजिक तथा मनौवैज्ञानिक समाधान पनि आवश्यक रहेको बताए ।

लागूऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्रा्ष्टिय दिवस नेपालमा विविध कार्यक्रम गरि साताव्यापी रुपमा मनाईएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend