सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

फेरी असार १० गते नेपाल बन्दको घोषणा !

फेरी असार १० गते नेपाल बन्दको घोषणा !

काठमाडौ, ८ असार । नेत्रविक्रम चन्द नेतृत्वको नेतृत्वको नेकपाले आफ्ना कार्यकर्ता हत्याको विरोधमा असार १० गते नेपाल बन्द घोषणा गरेको छ । हिजो मात्रै सर्लाहीमा नेकपा कार्यकर्र्ता कुमार पौडेलको प्रहरीको गोली लागी ज्यान गएपछि आक्रोसित भएको उक्त पार्टीले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

आफ्नो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या भएपछि नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव विप्लवले नेपाल बन्दसहितका चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
विज्ञप्तिमा उल्लेख भए अनुसार ७ गते प्रचार प्रसार, ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend