काठमाडौं ४, असार । सरकारले गुठी विधेयक फिर्ता लिए पनि विभिन्न संघर्ष समितिले आन्दोलन जारी राख्ने भएका छन् ।
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति, गुठी विधेयकविरुद्ध संघर्ष समितिलगायत विभिन्न गुठियार संघसंस्थाले आज माईतिघर मण्डलामा विरोध सभा गर्ने भएका छन् ।
भुमि व्यस्था सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले हिजो दिउँसो पत्रकार सम्मेलन गरी विबादित गुठी विधेयक फिर्ता लिने निर्णय भएको बताएकी थिईन ।
सरकारले गुठी विधेयक फिर्ता लिएपनि चित्तबुझ्दो नभएकाले मन्त्री अर्यालसहित संचारमन्त्री गोकुल बास्कोटाको समेत राजिनामा माग गर्दै आन्दोलन जारी राख्ने निर्णय गरिएको संरक्षण संयुक्त संघर्ष समितीका संयोजक गणपतिलाल श्रेष्ठले जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend