सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बिगतमा आफु भन्दा जुनियरलाई संघमा पठाए अब अध्यक्ष बन्ने पालो मेरो

बिगतमा आफु भन्दा जुनियरलाई संघमा पठाए अब अध्यक्ष बन्ने पालो मेरो

काठमाडौं ३१ जेष्ठ । वैदेशिक रोजगार व्यवसायीहरुको साझा संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनको मिति नजिकिदै गर्दा अध्यक्षका दावेदारहरु आन्तरिक रणनीतिमा लागेका छन् ।

तत्कालिन एमाले निकट व्यवसायीहरुको संगठन प्रगतिशिल वैदेशिक रोजगार मन्च , नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, तत्कालीन माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका व्यवसायीहरु कोठे बैठक देखी नेताहरुको घरदैलो सम्म पुग्न थालेका छन् ।

यस्तै कांग्रेस निकट व्यवसायीहरुको लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका निवर्तमान अध्यक्ष बिष्णु गैरेले संघको आगामी असार २७ गते हुने निर्वाचनमा उम्मेद्वारी दिने बताएका छन् । उनको कार्यालय बानेश्वरमा पत्रकारसंगको भेटघाट कार्यक्ममा बोल्दै  उम्मेद्वारी दिने बताएका हुन् ।

व्यवसायी गैरेले आफु फोरमको संस्थापक उपाध्यक्ष देखी अध्यक्ष र पटक पटक सल्लाहकार भएर कुशलपूर्वक काम गर्न सफल भएको बताउँदै उनले फोरमले आफुलाई सर्वसम्बत अध्यक्षको उम्मेद्वार बनाउन निर्णय गर्ने समेत बिश्वास व्यक्त गरे ।

फोरमका निवर्तमान अध्यक्ष समेत रहेका गैरेलाई फोरमले तपाईलाई अध्यक्षको उम्मेद्वार नबनाएर अर्कैको नाम निर्णय गरेमा के गर्नु हुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले बिगतका धेरै कार्यकालमा आफु भन्दा जुनियर साथीहरुलाई उम्मेद्वार बनाएर पठाएको स्मरण गराउदै अहिले जुनै हिसाबले पनि अध्यक्षको उम्मेदार पाउने दावी गरे ।

पछिल्लो समय वैदेशिक रोजगार व्यवसायमा देखिएका समस्यालाई समाधान गदै सिंगो व्यवसाय बचाउन पनि संघको नेतृत्व आफुले पाउनु पर्ने बताए ।

गणतान्त्रिक मञ्चको वैठकले गणतान्त्रिक मञ्चका पूर्वअध्यक्ष एवं संघका प्रथम उपाध्यक्ष राम प्रसाद भन्तानालाई संघको अध्यक्षमा उम्मेद्वार बनाउने निर्णय नै गरेको छ । प्रगतिशील मञ्चले मञ्चका संस्थापक सरोज पोखरेललाई अध्यक्षको उम्मेद्वार बनाउन आन्तरिक तयारी गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend