प्युठान ३१ जेष्ठ । अखिल क्रान्तिकारीका निबर्तमान उपमहासचिव मिलन एमसी नेपालको कम्युनिष्ट नेताहरु उत्पादनको क्षेत्र प्युठान रहेको भन्दै अब युवाहरुलाई राजनीति चेतनासङ्गै खेलकुदमा समेत जोड्दै मुलुक निर्माणको बाटोमा लाग्न आग्रह गरेका छन् ।
जिल्लाको झिमरुक गाउपालिका वडा न ८ वडा कार्यालयद्वारा आयोजित दिहाल्ना खेलकुद तथा पर्यटन महोत्सव २०७६ समापन कार्यक्रममा बोल्दै यस्तो कुरा बताएका हुन ।
बिद्याथी नेता एमसीले युवाका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्दै कडा रुपमा प्रस्तुत भएका एमसीले राष्ट्रिय जनमोर्चाले बहुमतको हुर्मत देखाएर जनतालाई पाएक नपर्ने ठाउँमा वडा कार्यालय सारेकोमा आक्रोशित बन्दै जनताको जीत हुने दिन आइसकेको दाबी समेत गरे ।
यस्तै फरक प्रसङ्गमा बोल्दै नेता एमसीले लोकसेवा आयोगको विज्ञापन समेर समावेशी हुनुपर्ने माग गरेक छन् । यस्तै कार्यक्रममा प्युठानका स्थानीय नेता तथा जनताको बाक्लो उपस्थिति रहेको थियो ।
खेलमा प्रथम हुनेलाई ४० हजार नगद, शिल्ड र प्रमाणपत्रसहित मेडल, द्वितीय हुनेलाई २५ हजार नगद, तृतीय हुनेलाई १५ हजार र सात्वनालाई १० हजार नगद पुरस्कार दिइएको थियो ।गएको वर्ष यहि मैदानमा नेकपा नेता वामदेव गौतमले क्रीकेट खेलको उद्घाटन गरेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend