सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउनेलाई सरकारले नछाड्ने

क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउनेलाई सरकारले नछाड्ने

भक्तपुर २४ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक लोकतान्त्रिक गणतन्त्रमा विकास र संमृद्धिको उत्सव मनाउँदै गर्दा अझै पनि राजतन्त्र चाहने मुर्खहरु रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले मुलुकमा सरकार विरोधी केही तत्वहरु सक्रिय भएको र क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्नेहरुलाई सफल हुन नदिने बताए ।

प्रधानमन्त्री ओलीले भक्तपुरको सुर्यविनायकमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को उद्घघाटन गर्दै युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न कार्यक्रमले सहयोग पु¥याउने बताए ।

उनले सरकार ‘डिजिटल नेपाल’ बनाउन लागिपरेको बताएका छन् । ‘अब कोही पनि काम नपाएर विदेशिनु पर्दैन, स्वदेशमै रोजगारी मिल्ने बताए । उनले कार्यक्रमसँग आवद्ध भएका युवाहरुलाई सावेल लगायत उपकरण हस्तान्तरण गरे ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ लागू गरेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend