काठमाडौं । आइतबार २६ गते उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ । सरकारले मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिएको हो । उपत्यकाबाहेक अन्य जिल्लामा भने बिदा नहुने गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले गत बर्षहरुमा पनि मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिर्दै आएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend