सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री ओलीको यस्तो छ ,युरोप भ्रमणको तयारी

प्रधानमन्त्री ओलीको यस्तो छ ,युरोप भ्रमणको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको युरोप भ्रमण जाने पक्का भएको छ । परराष्ट्र मन्त्रालयले आईतवार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको जेठ २५ देखि असार १ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको नौ दिने भ्रमण तय भएको जानकारी दिएको हो ।

प्रधानमन्त्री ओलीले जेठ २६ गते स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्रा्ष्ट्रिय श्रम संगठनको वार्षिक साधारण सभालाई सम्बोधन गर्नु हुने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । त्यसपछि प्रधानमन्त्री ओली जेठ २७ गते बेलायत प्रस्थान गर्नुहुनेछ ।

त्यहाँ अक्सफोर्ड युनियनले आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्नु हुने जानकारी दिइएको छ । बेलायत भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले त्यहाँका समकक्षी थेरेसा मेसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ ।

प्रधानमन्त्रीको बेलायत भ्रमणपछि फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने उच्च स्तरीय राजनीतिक भेटवार्तामा सहभागी हुनुहुनेछ । फ्रान्समा रहँदा त्यहाँका लगानीकर्ताहरुसँग नेपालमा लगानी भित्र्याउने विषयमा पनि छलफल गर्नुहुने परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend