सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

निर्वाचनका बेला जनता माझ गरेका बाचा मन्त्री बाँस्कोटाले गरे पुरा

निर्वाचनका बेला जनता माझ गरेका बाचा मन्त्री बाँस्कोटाले गरे पुरा

मण्डनदेउपुर, काभ्रे । नगरकोटबाट गैरीविसौना हुँदै हिगुवापाटी जोड्ने सडकको स्तरोन्नती हुने भएको छ । संघीय सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमा नगरकोट गैरीविसौना हिगुवापाटी सडक स्तरोन्नतीकालागि बजेट बिनियोजन गरिएको काभ्रे क्षेत्र नं २ का सांसद समेत रहेका संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

निर्वाचनका बेला जनताकाबिच प्रतिबद्धता गरेका सबै काम गर्ने मन्त्री बाँस्कोटाले बताउनु भयो ।नगरकोट नयाँगाउँ कुन्ताबेशी सडकको स्तरोन्नती यसअघि नै सकिएको छ भने मन्त्री बाँस्कोटाले नै गतर्ष शिलान्यास गरेको हिगुवापाटी जोगीटार दोलालघाट सडकको स्तरोन्नतीको काम धमाधम भइरहेको छ ।

काभ्रे जिल्लामा विकास निर्माणका काम धमाधम भइरहँदा स्थानीय जनताले आफ्ना प्रतिनिधि मन्त्री बाँस्कोटालाई धन्यवाद दिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend