सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कोरियामा दुखद घटना अर्घाखाँचीका मधुसुदन श्रेष्ठ मृत फेला

कोरियामा दुखद घटना अर्घाखाँचीका मधुसुदन श्रेष्ठ मृत फेला

काठमाडौं । कोरियामा एक नेपाली श्रमिक खाना खाँदै गरेको समयमा मृत फेला परेका छन् । बिगत ७ वर्षदेखि कोरियामा रोजगारी गरिरहेका अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ वाङ्लाको म्यालपोखरीका २७ वर्षीय मधुसुदन श्रेष्ठ मृत फेला परेका हुन् । उनी कोरियाको छेङ्जुस्थित पुरानो कपडा सुरेगीको काम गर्ने कम्पनीमा कार्यरत थिए ।

उनीलाई खाना सँगैको प्लेट नजिक मृत फेला परेका थिए । आईतबार राती सहकर्मीहरुसंगै खाना खाएर सुतेका श्रेष्ठ विहान काममा जाने समय सम्म पनि नआएपछि कोठामा हेर्दा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले मृतकको शब स्थानिय अस्पतालमा लगेर राखेको छ । श्रेष्ठ हाल छुङछङबुक्दो छङजुसीको हुदङककु स्थित पुरानो कपडाको सुरेगी बनाउने काम गर्ने कम्पनीमा कार्यरत थिए।

श्रेष्ठका घरमा श्रीमती र एक छोरी रहेका छन्। घटना कसरी भयो भन्ने सम्वन्धमा अनुसन्धान भइरहेको कोरिया स्थित नेपाली राजदुतावासका श्रम सहचारी डिल्लीराम वास्तोलाले बताए । कम्पनीमा उनीहरू भान्सासहितको छुट्टा–छुट्टै कोठामा बस्ने जानकारी आएको अर्घाखाँची सम्पर्क मञ्चका अध्यक्ष शुन्दर पन्थीले बताए ।

श्रेष्ठको शव छुङछङबोग्दोस्थित एक स्थानीय अस्पतालमा राखिएको र घटनाका विषयमा श्रेष्ठको परिवारलाई जानकारी गराएर आवश्यक प्रक्रिया थालिने कोरियास्थित नेपाली दूतावासले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend