सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जेठ १५ देखि काठमाडौ सानो गौचरणमा अन्तर विद्यालय स्तरीय छात्र फुटबल प्रतियोगिता हुने

जेठ १५ देखि काठमाडौ सानो गौचरणमा अन्तर विद्यालय स्तरीय छात्र फुटबल प्रतियोगिता हुने

काठमाडौको गैरीगाउँ सिनामंगलमा रहेको काठमाडौ विनायक शिक्षालय केभीएसको आयोजनामा अन्तर विद्यालय स्तरीय छात्र फुटबल प्रतियोगिता ‘केभीएस कप २०७६’ को हुने भएको छ ।राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जेठ १५ गते देखी केभीएस कप गर्न लागेको जानकारी दिएको हो ।

‘विद्यालयहरु सँगको सुमधुर सम्बन्ध निर्माण गर्दै प्रतिभाशाली खेलाडीको उत्पादन’ भन्ने नारा सहित हुन लागेको केभीएस कप जेठ १५ गते गणतन्त्र दिवसको दिन देखि जेठ २५ गते सम्म नक्साल स्थित सानो गौचरण खेल मैदानमा संचालन हुनेछ ।
प्रतियोगीतामा काठमाडौका कुल १६ वटा विद्यालयहरुको सहभागीता रहने र सहभागी टिमलाई ४ समुहमा विभाजन गरि लिग बेसिसमा प्रतिष्पर्धा गराई उत्कृष्ट ८ टोली छनोट गरेर प्रतिष्पर्धा गराइने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजयी प्रथम ,द्धितिय तथा सेमिफाइनललिष्ट टोलिहरुलाई क्रमश नगद पचास हजार ,तीस हजार र दश दश हजार सहित टफि र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगीतको उद्घाटन जेठ १५ गते बुधवार सानोगौचरण खेल मैदानमा राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले गर्ने बताइएको छ । प्रतियोगीताका सम्पुर्ण खेलहरु नेशनल रेफ्री र एन्फाका रेफ्रीहरुले संचालन गर्ने छन् । १० दिन सम्म चल्ने प्रतियोगितामा ७ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रथम केभीएस कपले विधार्थीहरुको चौतर्फी विकासमा सहयोगीहुने र देशका लगी योग्य खेलाडि उत्पादनमा सहयोग पुुर्याउने उदेश्यले प्रतियोगीता आयोजना गरिएको केभीएसका प्रिन्सिपल सम्झना लामाले बताउनुभयो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend