बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नक्कली भारतीय रुपैयाँसहित नेशनल टेलिभिजनका पूर्व सञ्चालक पक्राउ

नक्कली भारतीय रुपैयाँसहित नेशनल टेलिभिजनका पूर्व सञ्चालक पक्राउ

१० जेठ, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा युनुस अन्सारीसहित पाकिस्तानी नागरिक नासिर उद्दिन, मोहमत अतर र नादिया अन्बर छन् ।  प्रहरीका अनुसार ३ पाकिस्तानी नागरिकलाई ‘रिसिभ’ गर्न युनुस विमानस्थल पुगेका थिए ।

प्रहरीका अनुुसार कतार एयरवेजमार्फत पाकिस्तानबाट ३ जना काठमाडौं आएका थिए ।युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् ।

प्रहरीको विशेष ब्युरोले अनसारीलाई ११ माघ ०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो ।पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुश नक्कली नोट कारोबारमा पक्राउ पर्नुपूर्व नेशनल टेलिभिजनका सञ्चालक समेत रहेका थिए । युनुश पक्राउ परेपछि नेशनल टेलिभिजन पनि बन्द भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend