सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्युठानमा जनमोर्चाले धेरै फुर्ती नगरी, आफ्नो हैसियतमा बस्न विद्यार्थी नेता श्रेष्ठको चेतावनी

प्युठानमा जनमोर्चाले धेरै फुर्ती नगरी, आफ्नो हैसियतमा बस्न विद्यार्थी नेता श्रेष्ठको चेतावनी

प्युठान, ८ जेष्ठ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सुमन राज श्रेष्ठले आफ्नो मातृ पार्टी नेकपाका स्थायी समिति सदस्य मणि थापा र पार्टीका केन्द्रीय सदस्य सुर्य थापा माथी राष्ट्रिय जनमोर्चा निकट केही नेता कार्यकार्ताले आफ्ना नेताहरूको चरीत्र हत्या गर्न खोजेको भन्दै यसो नगर्न कडा चेतावनी दिएका छन ।

बुधबार प्युठानको झिम्रुकमा आयोजित नेकपा निकट एक विद्यार्थीहरुको कार्यक्रमलाई सम्बोधन गदै विद्यार्थी नेता श्रेष्ठले राष्ट्रिय जनमोर्चाले धेरै फुर्ती नगरी आफ्नो हैसियतमा बस्न चेतावनी दिए ।

आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्ड धेरै उदार बादी भएको भन्दै दुर्गा पौडेललाई यस पटक प्युठानमा प्रतिनिधि सभा सदस्य बनाएको भन्दै मोहन बिक्रमको रोदन र केपी प्रचण्डको आशिर्वाद सधै प्रदान नहुने जिकिर गरे । उनले आफ्ना नेताहरुको चरीत्र हत्या गर्न कसैले खोजे त्यसको मुल्य महङगो पर्न जाने समेत चेतावनी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend