पाँचथर, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गएराति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ ।
मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको बताईएको छ ।
धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको छ । वडाध्यक्ष हस्तराज फियाकले पनि घटनाको पुष्टि गरेका छन् ।
हत्या भएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।
१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend