सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल र कम्बोडिया देशबीच सहमतिपत्रमा हस्ताक्षर

नेपाल र कम्बोडिया देशबीच सहमतिपत्रमा हस्ताक्षर

k|wfgdGqL ªo'Pg / k//fi6«dGqL 1jfnL e]6jftf{ leotgfdsf] xgf]Odf zlgaf/ leotgfdL k|wfgdGqL ªo'Pg ;'cfg km's;Fu e]6jftf{ ub{} k//fi6«dGqL k|bLks'df/ 1jfnL . tl:a/M bLk]Gb| clwsf/L, leotgfd, /f;;

कम्बोडिया, बैसाख ३१ । नेपाल र कम्बोडियाले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पु¥याउने विषयमा सहमति गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा दुई देशबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा हस्ताक्षर गरे ।त्यसैगरी नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच पनि समझदारीपत्रमा हस्ताक्षर भयो ।

दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा पिस प्यालेसमा भएको समझदारीपत्रमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बरका उपाध्यक्ष लिम गङले हस्ताक्षर गरेका थिए ।

त्यसअघि प्रधानमन्त्री ओली र उनका कम्बोेडियाली समकक्षी समबेदक अक्का मोह सेना पाडेइ टेको हुन सेनबीच सोमबार राजधानी नोम पेन्हस्थित पिस प्यालेसमा भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीलाई कम्बोडियाली प्रधानमन्त्री हुन सेनले पिस प्यालेसमा स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीको सम्मानमा कम्बोडियाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । सो अवसरमा प्रधानमन्त्रीद्वयले पहिले एक्लाएक्लै र पछि प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गरेका थिए ।

दुई देशबीच द्विपक्षीय सम्बन्ध सुुदृढ गर्ने, सहयोग विस्तार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने लगायत विषयमा छलफल भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend