सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

देशभर हुरीबतास सहित वर्षा हुने, साबधानी रहन  मौसमविद्हरुको सुझाव

देशभर हुरीबतास सहित वर्षा हुने, साबधानी रहन  मौसमविद्हरुको सुझाव

काठमाडौं, २८ बैसाख  । केही दिनदेखि पानी नपर्दा तापक्रम बढ्दा काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको थियो । तर, अबको तीन दिन देशभरि कै मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने भएको छ ।

मौसमविहरका अनुसार भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अबको तीन दिन मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना छ ।

मौसमविद् विभूति पोख्रेलका अनुसार कतैकतै ठूलो पानी पर्न सक्छ भने कतै असिना पनि पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले निकालेको ३ दिनको बुलेटिनमा पनि सोमबारसम्म मौसममा खरावी आई पानी पर्ने उल्लेख गरिएको छ ।

केही दिनयता भारतको राजस्थानबाटै आएको धुलो पनि पानी परेपछि हट्नेछ । अहिले सफा भएको ठाउँको मौसम पनि बदली हुने भएपछि देशभरि बढेको गर्मी केही कम हुनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend