काठमाडौं, २८ बैशाख । गणेशमान सिंह फुटसल २०७६ को उपाधी बाईट फयूचर मा.बि प्लस टु तिनथानले हाता पारेको छ । काठमाडौमा खेलकुद समाजले आयोजना गरेको सो फुटसलमा नैकाप स्थित रहेको ब्राईट फयूचरले जित्न सफल भएको हो । कुल ३२ टिम सहभागी उक्त प्रतियोगितामा ब्राईट फयूचरले उत्कृष्ट प्रदर्शन गदै उपाधी रक्षा गरेको हो ।
यस्तै फाईनल खेलमा फयूचरले ढुकु फुटसललाई टाईवेगरमा ८—७ ले हराएको थियो । खेल पछि बिजेतालाई पुरस्कार प्रदान नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गरेका थिए । उपाधी पछि खेलाडीहरु निकै उत्साहित देखिन्थे ।
उपाधी जितेको बाईट फयूचर प्लस टु विभागका प्रमुख श्याम कृष्ण महर्जनले बिद्याथीहरुलाई गुणस्तरीय शिक्षा संगै खेलकुद र अतिरिक्त क्रियाकलाप मा पनि जोड दिदै आएको बताउदै आगामी दिनमा जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend