सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भ्रष्टाचार गरेको प्रमाणित भए सभापति देउवालाई पनि छोडनु हुन्न— वरिष्ठ नेता पौडेल

भ्रष्टाचार गरेको प्रमाणित भए सभापति देउवालाई पनि छोडनु हुन्न— वरिष्ठ नेता पौडेल

गाइघाट, बैशाख २७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालुवाटारको जग्गा काण्ड, एनसेलको काण्ड र वाइड वडी काण्डमा विभिन्न पार्टीका नेताहरुको नाम जोडिएको भन्दै दोषी ठहरिए कसैलाई छोड्न नहुने बताएका छन् ।

वरिष्ठ नेता पौडेलले प्रेस युनियन उदयपुरले गाईघाटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ती काण्डमा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाकोसमेत नाम जोडिएकोले यदि पुष्टि भए आफूहरु पार्टी सभापति देउवालाई समेत कारबाही गर्न तयार रहेको बताए ।

उनले वर्तमान सरकारले राम्रो काम गर्ने अवसर पाइरहेको भएता पनि नेपाली जनताले सोचेजस्तो फल नपाएको धारणा राखे। नेता पौडेलले अहिले सत्ता पक्ष र विपक्षीबीच वाक युद्ध चलिरहेको र यस्तो वाक युद्धले प्रजातन्त्र र सङ्घीयतालाई बलियो नबनाउने भन्दै सरकार पक्ष र विपक्षी दुबैले बोल्दा संयम भएर शिष्ट तरिकाले संसदीय मर्यादामा रहेर बोल्न सिक्नुपर्ने सुझाव दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend