२६ बैशाख काठमाडौं । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम बिच पार्टी एकता भईसकेको छ । यी दुई पार्टी बिच एकता हुनुलाई धेरैले फरक फरक तरिकाले बिश्लेषण गर्दै आएका छन् । पार्टी एकता संगै पाटी भित्रकै असन्तुष्ट कार्यकताहरुले बिद्रोह बाटो अगाडी बढाएका छन् ।
यस्तै एकतामा असन्तुष्ट रहेका नेता कार्यकताहरुले नयाँ शक्तिका तत्कालीन संयोजक डा. बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् ।
पार्टीमा छलफलबिना एकता भएको, नयाँ शक्तिका नेतामाथि अपमान भएको, पार्टी लोकतान्त्रिक विधि विपरित सञ्चालन भएकोप्रति आपत्ति जनाउँदै नयाँ शक्तिका असन्तुष्ट नेताले भट्टराईलाई बिहीबार ज्ञापनपत्र बुझाए बुझाउदै यो अवस्थामा अहिले बनेको नया“ दलमा बस्न नसकिने बताएका छन् ।
असन्तुष्ट नेतृ कल्पना धमलाले विज्ञप्ति पढेर सुनाएपछि बाबुरामले सार हेर्दा आफूलाई पनि हस्ताक्षर गरौँ–गरौँ लागेको प्रतिक्रिया दिएका छन् ।
‘माओवादीबाट नयाँ शक्तिमा आउँदा लोकतान्त्रिक बहस हुन्छ भन्ने सोचेकी थिएँ’, नेतृ धमलाले बाबुरामलाई प्रश्न गर्दै भनिन, ‘पार्टी लोकतान्त्रिकरण नहुँदा अपमान महसुस भइराखेको छ ।
पार्टी एकता हुँदा किन छलफल हुन सकेन ?’ ज्ञापनपत्र बुझाउन गएका नेतासँग बाबुरामले पार्टी एकताका क्रममा फोरमकै कारण छलफलमा जान नसकिएको स्वीकार गरेका छन् ।
यस्तै नेता नारायण तिवारीले यसअघि नै सुल्झिसकेको ११ प्रदेश र जातीय कुरा उठाएर एकता गर्नु राम्रो नभएको प्रतिक्रिया दिए । सबै असन्तुष्ट नेताको कुरा सुनेका बाबुरामले अब छलफल गरेर निष्कर्षमा पुग्न सकिने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend