सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ललितानिवास जग्गा हिनामिना प्रकरणमा राजदूत पौडेल पनि मुछिए

ललितानिवास जग्गा हिनामिना प्रकरणमा राजदूत पौडेल पनि मुछिए

काठमाडौं, वैशाख २६ । बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिब एकसय १४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन् ।

भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी संस्थान, मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट सरकारी जग्गा हिनामिना हुनेगरी भएका निर्णय प्रक्रियामा हाल चीनका लागि नेपाली राजदूतसमेत रहेका पौडेल पनि मुछिएका हुन् ।

सरकारी जग्गा हडप्न खडा गरिएको पशुपति टिकिन्छा गुठीका नक्कली मोहीलाई करिब साढे ३ रोपनीको लालपुर्जा दिनेसम्बन्धी निर्णय तत्कालीन मुख्यसचिव पौडेलको समेत संलग्नतामा भएको हो । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend