सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्युठानबाट विद्यार्थी नेता श्रेष्ठले दिए राजमोलाई कडा चेतावनी

प्युठानबाट विद्यार्थी नेता श्रेष्ठले दिए राजमोलाई कडा चेतावनी

प्युठान, २६ बैशाख । अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य सुमनराज श्रेष्ठले केहिदिन अघि प्युठानको झिमरुक गाउ“पालिकामा राजमोले नेकपामा केही नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको भनि गरेको प्रचारप्रति कडा आपत्ती प्रकट गरेका छन् ।

बुधबार झिमरुकमा आयोजित नेकपाको एक कार्यक्रममा बोल्दै विद्यार्थी नेता श्रेष्ठले सोकुरा बताएका हुन् । झिमरुक गाउपालिकामा राजमोले स्थानिय सरकार चलाउदै गर्दा त्यहाको प्रतिपक्षी दललाई बेवास्ता गरेर अगाडि बढेको भन्दै यस्रै रबैया प्रस्तुत गरिरहे यसको कडा प्रतिपाद गर्न पछाडी समेत नपर्ने बताए ।

आफ्नो पार्टी महान दस बर्ष जनयुद्धबाट आएको भन्दै श्रेष्ठले प्रतिक्रियाबादी दलालहरुको घेरा तोडेर आएको पार्टीलाई कमजोर आकलन नगर्न राजमोलाइ चेतावनी दिए ।मोहनबिक्रमको खुद्रा पसल धेरै दिन सम्म नचल्ने भन्दै त्यहा अलमलमा परेका सबैलाई नेकपामा गोलबन्ध हुँदै बिकास र समृद्धिको युगमा अगाडि बढ्न आहवान समेत गरे ।

साथै उनले झिमरुक नेकपाका नेताकार्यकर्ता माथी कसैले दमन गर्नखोजे तेस्को मुल्य महँगो पर्न जाने समेत बताए । केहि दिनदेखि जिल्लामा नेकपाका स्थायी कमिटी सदस्य मणि थापाको नेतृत्वमा नेकपाले आफ्नो गतिविधि बढाएको थियो ।

सोही अभियानमा केही दिन अघि नेता थापाले झिमरुक गाउपालिकामा राजमोका धेरै नेताकार्यकर्ता नेकपामा प्रवेश गराएका थिए । लगत्तै झिमरुक गाउपालिकाको वडा न ३ मा राजमोले नेकपा का नेताकार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको भनी प्रचार गरेको थियोे । यो लगत्तै आज विद्यार्थी नेता श्रेष्ठले यस्तो अभिव्यक्ति दिएका हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend