सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेकपामा प्रबेश गर्ने कुरा हल्ला मात्रै— नेता तिवारी

नेकपामा प्रबेश गर्ने कुरा हल्ला मात्रै— नेता तिवारी

काठमाडौँ, २४ बैशाख । संघीय समाजवादी फोरमसँग नया शक्तिले पार्टी एकता गरे पछि तत्कालीन नयाँ शक्तिका नेताहरु असन्तुष्ट बनेको कुरा बाहिर आएको छ । बाबुराम भट्टराईले एकलौटी ढंगले फोरममा पार्टी बिलय गराएको भन्दै असन्तुष्ट समूहले असन्तुस्टी व्यक्त गरेका छन् ।

तत्कालीन नयाँ शक्तिका नेता मदन राईको घरमा बसको भेलाले नयाँ शक्ति पार्टीलाई फोरममा बिलय गराएको निस्कर्ष निकालेको पार्टीका नेता नारायण तिवारीले जानकारी दिएका छन् । उनले पार्टी एकताको बिषयमा पार्टी भित्र छलफल नै नगरी निर्णय लिनु अलोकतान्त्रिक भएको निस्कर्ष भेलाले निकालेको समेत बताए ।

उनका अनुसार भेलामा पूर्वसभासद कल्पना धमला, ज्ञानेन्द्र कुमालका साथै देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राईल, राम बहादुर बोहोरालगायत नेताको उपस्थित थियो ।

भेलामा सहभागी नेताहरुले पार्टी कमिटीलाई औपचारिकतामात्र सीमित गरेको तथा पार्टी एकता गर्नुपूर्व छलफल नभएकोमा असन्तुष्टि जनाएका छन् । उनीहरुले नेतृत्वलाई वैकल्पिक राजनीति भविष्य केही हुन्छ ? भन्ने प्रश्न समेत गरेका छन् ।

स्रोतका अनुसार असन्तुष्ट समूहका केही नेता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने तयारी भएको चर्चा छ । । तर नेता तिवारीले भने यो हल्ला मात्र भएको, नेकपामा प्रबेश गर्ने बिषयमा कहिँ कतै छलफल नभएको उनको तर्क छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend