सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मणि थापाको सक्रियता,स्वर्गद्वारी नगरपालिकाबाट मात्रै तीन सय कार्यकर्ता नेकपामा प्रवेश

मणि थापाको सक्रियता,स्वर्गद्वारी नगरपालिकाबाट मात्रै तीन सय कार्यकर्ता नेकपामा प्रवेश

प्यूठान ,बैखाख २४ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का स्थायी कमिटी सदस्य मणि थापा केही दिन देखी प्यूठान जिल्लामा छन् । उनले प्यूठानका बिभिन्न ठाउ“मा जनताको घरघरमा गएर पार्टी बिस्तार गर्न सक्रिय छन् ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा )स्वर्गद्वारी नगर कमिटीद्वारा आयोजित विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रम स्थायी कमिटी सदस्य मणि थापाको प्रमुख आतिथ्यतामा स्वर्गद्वारी नगरपालिकाको धरमपानीमा सम्पन्न भएको छ ।

 

सोही कार्यक्रममा राजमो र नेपाली कांग्रेस परित्याग गरि करिब ३०० भन्दा बढी नेताकार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा )मा प्रवेश गरेका छन् । नब प्रबेसिलाई प्रमुख अतिथि मणि थापाद्वारा टीका र माला लगाई स्वागत गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend